क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुंवर एशियन(ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन ( असोसियोको सन् २०२३ /२४ कार्यकालको निम्ति उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएको हो । यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह/उपाध्यक्षको जिम्मेवारीमा थिए।

कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित भएको हो ।इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएको छ ।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।

कुंवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघ उनको सफल कार्यकालको कामना गर्दछ । साथै, असोसियोमा उहांको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मदत पुग्ने हाम्रो विश्वास रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स