काठमाडौं । भारतले गुगललाई ३६ अर्ब ३८ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको जरिवाना तिराउने भएको छ । स्वस्थ व्यापार प्रतिस्पर्धालाई सुनिश्चित गर्र्न बनेको संस्था काँम्पिटिशन कमिशन आँफ इंडिया (सीसीआई) ले गुगलमाथि जरिवाना लगाएको हो । एक हप्तामा दुई पटक कारबाही गर्दै उक्त संस्थाले गुगल ३६ अर्ब ३८ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको जरिवाना ताकेको हो ।
२० अक्टुबरमा सीसीआई ले गुगलविरुद्ध २१ अर्ब ४० करोड जरिवाना लगाएको थिया े। फेरि लगत्तै २५ अक्टुबरमा गुगलमाथि सीसीआईले थप १४ अर्ब ९८ करोड जरिवाना लगाएको हो ।
गुगलमाथि एन्ड्रोइड मोबाइल उपकरणको कारोबारमा आफ्नो दवदवाको गलत फाइदा उठाएको कारण जरिवाना लगाइएको सीसीआईले जनाएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
जरिवानाको रकमबारे सीसीआई ले सन् २०१९ र सन् २०२० मा गुगलमाथि अनुसन्धान थालेको थियो । वार्षिक कमाई २५७ अर्ब अमेरिकी डलर कमाइ भएको गुगललाई भारतले जरिवाना लगानएको रकम तिर्न कुनै गाह्रो हुने देखिदैन ।