काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैँया र रेडमी नोट १२ सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ।