कर्मचारीको विरोधपछि के गर्छ टेलिकमले खरिद गर्ने सहमति गरेको वर्ल्ड कप कार्यक्रम, यस्ता छन् सञ्चालक र युनियनका मत

काठमाडौं । अहिले नेपाल टेलिकममा संचालक समितिको वर्ल्ड कपमा २४ करोड खर्च गर्ने सद्धान्तिक सहमति लिएसँगै कर्मचारी युनियनहरू सलबलाएका छन् । टेलिकमले मिडिया हर्वसँग वर्ल्ड कप कार्यक्रम २४ करोड रुपैयाँमा खरिद गर्ने गर्न लागेको हो । कार्यक्रम खरिदका विषयलाई लिएर टेलिकमले सैद्धान्तिक सहमति पनि दिइसकेको छ ।

यो सहमतिको विरुद्धमा नेपाल टेलिकमका कर्मचारी युनियनहरू उत्रिएका छन् । नेपाल टेलिकममा संचालक समितिले वर्ल्ड कप मिडिया हर्बसँग खरिद गर्ने सैद्धान्तिक सहमति लिएसँगै कर्मचारी युनियनहरू सलबलाएका छन् । आगामी मंसिर ४ गतेदेखि कतारमा शुरु हुने वर्ल्ड कप प्रत्यक्ष प्रशारणको लागि नेपाल टेलिकमले मिडिया हर्वसँग सो कार्यक्रमा खरिद गर्न सैद्धान्तिक सहमति गरेपछि कर्मचारी युनियन यसको विरोधमा उत्रिएका हुन् ।

करिब १ महिना मात्रै चल्ने वर्ल्ड कपको लागि नेपाल टेलिकमले २४ करोड रुपैयाँ खर्च गर्ने सहमति पश्यात कर्मचारी युनियनहरू यो खर्च बालुवामा पानी खनाए जस्तो हुने र यस बाट मुस्किलले २ करोड पनि कमाउँन गाह्रो हुने भन्दै यसको विरोधमा उत्रिएका हुन् । कर्मचारी युनियनका अध्यक्ष मोहन फूयालले हाम्रोअर्थ सँग कुराकानी गर्दै भने ‘यो समझदारी कुनै स्वार्थ समूहलाई पोस्नको लागि भएको हो ।’ यो कार्यक्रम खरिदबाट कुनै फाइदा हुँदैन ।

वर्ल्ड कपबाट नाफा हुने स्पस्ट दरिलो आधार नभएकोले यो सम्भौता कुनै स्वार्थ र समूहलाई पोस्ने आधारमा भएको अध्यक्ष फूयालको आरोप छ । । मिडिया हबले नेपालका लागि सम्झौता गरि ल्याएको उक्त कार्यक्रमा अरु कसैलाई बेच्न नसकेर टेलिकमलाई भिडाएको ट्रेड युनियन सँग सम्बन्धित कर्मचारीको भनाइ छ । त्यसको सट्टा वर्ल्ड कप विशेष प्याकेजहरुको सुविधा दिने हो भने राम्रो मुनाफा राम्रो हुने पनि उनीहरूले स्पष्ट पारे ।

यद्यपि नेपाल टेलिकमका सञ्चालक एवम् व्यवस्थापकले भने यो कार्यक्रमलाई अवसरको रुपमा लिएका छन् । टेलिकमले सञ्चालक एवम् व्यवस्थापकले भने ‘वर्ल्ड कप’लाई आफ्नो व्यवसाय विस्तार महत्वपूर्ण अवसरको रुपमा लिएर सो कार्यक्रम अघि बढाउन लागेका हुन् ।

नेपाल टेलिकम सञ्चाल समितिका अध्यक्ष बैकुण्ठ अर्यालले वर्ल्ड कपलाई अवसरको रुपमा लिनु पर्ने बताए । ‘सधै पुराना र परम्परागत योजना र कार्यक्रममा मात्रै अल्झिएर बस्ने कि नयाँमा गएर समय सान्दर्भिक तथा समय सापेक्ष नयाँ योजना तथा कार्यक्रम पनि ल्याउने भन्ने हो,’ उनले भने ‘केहि नयाँ काम गर्नको लागि केहि रिक्स त लिनुपर्छ ।

सरकारी कम्पनीले सबै प्रकारका सेवा तथा सुविधा दिने हो भने यस्ता कार्यक्रम गर्न पनि अघि बढ्नुपर्छ । नत्र अहिलेकै हिसावका नेपाल टेलिकम चल्ने हो भने केहि वर्षपछि अघि बढ्नै नसक्ने गरी थला पर्नेछ ।’

नेपालमा भने त्यतिबेला प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनावले माहोल अझ तताउने भएको छ । मंसिर ४ गते देखि करिब १ महिनाको लागि कतारमा हुने वल्र्ड कपले विश्व भरिनै खेलकुदसँग सम्बन्धित ठूलो उद्योग व्याापार मौलाउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स