काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिंदै गरेको दशैंका अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन १०० रूपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रूपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने छन्।
यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले १०० रूपैयाँको रिचार्ज गर्दा १ दिन मान्य रहने १० रूपैयाँ बोनसस्वरुप प्राप्त गर्ने छन्। यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ।
यस योजनाअन्तर्गत यदि ग्राहकले एक दिनमा एकैपटक वा पटक-पटक गरी १५० रूपैयाँ रिचार्ज गरेमा २० रूपैयाँ बोनसस्वरुप प्राप्त गर्ने छन्। प्राप्त बोनस रकम ३ दिनका लागि मान्य रहने छ।
त्यस्तै ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी २०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनका लागि मान्य हुने छ ।
यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्ने छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने छन्।
आफ्ना ग्राहकका लागि १०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ। यस योजनाले ग्राहकलाई चाडवाडका अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदानप्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।