एससिटीको दमदार दशैं धमाका, थ्री डी अफर र ३३ प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ । हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत १,२०० रूपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । मात्र १,५०० रूपैयाँ बराबर को पोस कारोबारमा ५०० रूपैयाँ र ३,००० रूपैयाँ को कारोबार मा १,००० रूपैयाँ क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३% सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ ।

यो अफर असोज महिना भरि लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स