नेपाल टेलिकमका ग्राहकले निःशुल्क वाईफाई खोजेर हिड्नु पर्ने बाध्यता अन्त्य गर्दैछौंः प्रबन्ध निर्देशक अधिकारी

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमका ग्राहकले निःशुल्क वाईफाई खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गर्ने दावी गरेको छन् । सोमबार टेलिकमले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक अधिकारीले सो दावी गरेका हुन् ।

‘टेलिकमका प्रयोगकर्तालाई वाईफाई खोज्दै हिड्डु पर्ने बाध्यता अन्त्य गछौं । निःशुल्क वाईफाई खोज्दै हिड्नु नपरोस भन्ने टेलिकमको उद्देश्य छ,’ अधिकारीले भने, ‘त्यसमा काम गर्दै छौं । छिट्टै नै ग्राहकले त्यसको अनुभुति गर्न पाउनु हुनेछ ।’

टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट फ्रिक्वेन्सी प्राप्त नभइनसकेकाले परीक्षणमा ढिलाई भएको बताए ।

उनका अनुसार फाइभजी उपकरण तयारी हालतमा नपाइने र निर्माण गर्न लगाउनु पर्ने हुँदा समय लागेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स