विद्यार्थीको लागि कारखानाको पाँच थरी सिकाई सामग्री

काठमाडौं । प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले दसैंको अवसर पारेर कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर पाँच प्रकारको नयाँ सिकाई सामग्रीहरु सार्वजनिक गरेको छ ।

‘इन्नोभेटिभ शिक्षाको आशिर्वाद, कारखाना र इसेवाको साथ’ भन्ने नारासहित कारखानाले सिकाई सामग्री सार्वजनिक गरेको हो । सिकाई सामग्रीमा कारखाना स्टिम बुक प्रोग्राम (कक्षा १ देखि ५ सम्म), कारखाना स्टोरिज एण्ड इन्जिनियरिङ प्रोग्राम (कक्षा १ देखि ५ सम्म), कारखाना इन्जिनियरिङ प्रोग्राम ( कक्षा १ देखि १०सम्म), कारखाना साइन्स प्रोग्राम ( कक्षा ६ देखि ८ सम्म) तथा कारखाना इलेक्ट्रोनिक्स एण्ड रोबोटिक्स प्रोग्राम (कक्षा ३ देखि ५ सम्म) छन् ।

नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । ८ वर्षको अनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ । कारखाना साइन्स किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाई किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने कारखानाले जनाएको छ ।

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा असर पारेकाले कारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमा पार्नबाट रोक्ने कारखानाको भनाई छ । यसले शिक्षक र विद्यार्थी दुवैलाई फाइदा पुग्ने र विद्यार्थीले घर घरमा आफैले अनुभव गर्न पाउने कारखानाले जनाएको छ ।

बच्चाहरुको सिकाईलाइ व्यवहारिक बनाउनुपर्ने र आविष्कारको शिक्षा दिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स लगायतको काम गरिरहेको कारखानाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवित्रबहादुर गौतमले बताए । कारखानाले प्रविधियुक्त शिक्षाको चक्र नै बनाएको दाबी उनको छ । साइन्स किटले २१ औँ शताब्दी अनुकुल शिक्षामा जोड दिएको दाबी गरिएको छ ।

उनले भने, ’ अब दशैं आउँदैछ । बालबालिकालाई शिक्षाको आशिर्वाद दिन अभिभावकलाई कारखानाले अवसर दिएको छ। यसलाई आफ्नो बालबालिकासँग बाँडौं र शिक्षालाई सजिलो बनाऔं । कारखाना शिक्षा सम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था हो ।’

यसले सिकाइका नयाँ पद्दतिहरु, पाठ्यक्रमदेखि लिएर कक्षाकोठामा सिकाईका योजनामा अनुसन्धानको काम गर्दछ । यो शिक्षकहरुको समूह पनि हो । जसले कसरी व्यवहारिक र प्राविधिक शिक्षा दिने भन्ने विषयमा पनि काम गर्दै आएको छ ।
यस्तै कारखानाले व्यवहारिक र प्राविधिक शिक्षाको लागि चाहिने विभिन्न सामग्रीको उत्पादन पनि गर्दै आएको छ । व्यवहारिक र प्रविधिमैत्री शिक्षाको लागि २०७३ सालदेखि काम थालेको कारखानाले तयार पारेको सिकाई सामग्री नेपालबाहेक अन्य ५ वटा देशमा पनि प्रयोग भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स