साओमीको साओमी १२ लाइट नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टा-छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइट गरिएको हो जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ ।

फ्यासन फर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन
७.२९ एमएम को मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ। प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा
यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ। त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ ।
त्यस्तै अगाडि भएको ३२ एमपी को क्यामरामा जडित जीडी२ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ। साथै दुईवटा सफ्ट एलइडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एयाल, र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् ।

६७डबलु टर्बो चार्जिङको साथ फ्ल्यागशिप-स्तर ५जी प्रदर्शन
साओमी १२ लाइट को Snapdragon® 778G चिपसेटले फ्ल्यागशिप लेभलको ५जी पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ । त्यस्तै ४३०० एमएयाच को ब्याट्रि भएको हुँदा दिनभरी चलाउँदा पनि ब्याट्रिको समस्या हुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ ।
त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ ।

हरेक दिन इमर्सिभ भ्यु र साउन्ड एक्स्पिरियन्स
फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ जसमा HDR10± र डल्बी भिजन दुइटै छ । साथै यसमा भएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् । त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन्

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी –५०,९९९ रूपैयाँ र ८+१२८ जिबी–५३,९९९ रूपैयाँ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स