काठमाडौं । यति टेक्निक फार्मले ‘फोर्मा ट्याक्टर’ खरिदकर्तालाई थाइल्याण्ड भिजिट लैजाने ‘गज्जब अफर’ स्कीम सार्वजनिक गरेको छ । साउन महिनाभरि फोर्मा ट्याक्टर खरिदले गर्ने ग्राहकलाई थाइल्याण्ड भिजिटको स्कीम ल्याएको यति टेक्निक फार्मका व्यापार प्रमुख अनिल श्रेष्ठले बताए ।
‘साउन महिनाभरि ट्याक्टर खरिद गर्ने ग्राहकले घुम्न चाहेका थाइल्याण्ड भिजिट गराउने र यदि भिजिट गर्न नचाहे ट्याक्टर खरिदकर्ताले यदि व्याजमा छुट चाहेका १ वर्षसम्मको व्याज छुट दिने छौं,’ उनले भने ‘नया प्रविधियुक्त र कृषि कार्यका लागि उपयुक्त भएकाले कृषकको रोजाइमा फोर्मा ट्याक्टर पर्न सफल भएको छ ।’ कम्पनीले सार्वजनिक गरेको यो ‘गज्जब अफर’ साउन महिनाभरी लागू गर्ने प्रमुख श्रेष्ठले बताए ।
युरोपियन टेक्नोलोजीमा आधारित ‘फोर्मा ट्याक्टर’ ४० हर्जपावरदेखि ९० हर्जपावरसम्मको रहेको छ । यूरोपियन टेक्नोलोजीमा बनेको उक्त ट्याक्टरमा आई स्मार्ट टेक्नोलोजी जडान गरिएको छ । कम्पनीका अनुसार ट्याक्टरमा जोडिएको नयाँ टेक्नोलोजीको कारण तेल सकिन लागेको संकेत पनि ट्याक्टर आफैले गर्ने छ ।
युरोपको रोमानियमा ७५ वर्षअघि स्थापना भएको उक्त ट्याकटर बनाउने कारखाना सोही टेक्नोलोजीमा भारतमा पनि उत्पादन हुँदै आएको छ । उक्त ट्याक्टर बीएस ३ मा आधारित ट्याक्टर हो ।
उक्त ट्याक्टर हाल देशको विभिन्न सहरबाट बिक्री भइरहेको छ । ट्याक्टर सार्वजनिक भएको ९ महिनाको यो अवधिमा विभिन्न स्थानमा शोरुम वा डिलर स्थापना हुनुको साथै ६० वटा ट्याक्टर पनि बिक्री गर्न कम्पनी सफल भएको छ ।