आइएमई पे एपको टप-अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ ।

यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप-अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप-अप गर्दा २% क्यासब्याक पनि पाउने छन् ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा ५० रूपैयाँको १० टप-अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स