ओपो ए१६ सार्वजनिक, मूल्य १८ हजार ९९०

काठमाडौं । स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए–सिरिज अन्तर्गत ए१६ सार्वजनिक गरेको छ । ओपो ए१६ विशेषगरि स्टाइलिश डिजाइन मनपराउने यूवाहरुलाई लक्षित गरि निर्माण गरिएको छ । ओप्पो ए१६ को मूल्य मूल्य १८ हजार ९९० रुपैयाँ तोकिएको छ ।

फोनमा ५ हजार एमएएच ब्याट्री जुन लामो समय टिक्छ । यसमा ६.५२ ईन्चको एचडीं आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । जसले गर्दा मोबाइल प्रयोगकर्तालाई यो फोन चलाउन आरामदायी हुनेछ । साथै, सहजताका साथ गुणस्तरिय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि जडान गरिएको छ ।

डिजाइन
ओपो ए१६ क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन रंगमा उपलब्ध छ । यसमा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा पनि दिइएको छ ।

क्यामेरा
फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमता सहितधको फ्रण्ट क्यामेरापनि दिइएको छ ।

ब्याट्री र रोम
ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्री क्षमता उपलब्ध गराएको छ । यस फोनको ब्याट्रीलाई १०० प्रतिशत चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिनेछ ।

प्रयोगकर्ताको ध्यानमा राखी ए१६मा ३जीबी र्याम र ३२ जीबी रोमको व्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधापनि फोनमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स