विम्बल्डन २०२२ मा ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्ड कार्लोस अल्काराजलाई

काठमाडौं । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा, द अल इंगल्याण्ड लन टेनिस क्लब र ओप्पो (लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनर) ले पन्ध्र दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएका छन् । टेनिस स्टारहरूको अर्को पुस्तालाई मात्र नभई स्ट्यान्ड र घरमा रहेका फ्यानहरूलाई पनि प्रेरणा दिनेहरूलाई हेर्दै, आज अनावरण गरिएको ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता – कार्लोस अल्काराज बनेका छन् ।

ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्ड विजेता कार्लोस अल्काराज्

टेनिसमा सबैभन्दा रोमाञ्चक युवा खेलाडी मध्ये एकको रूपमा सम्मानित, १९–वर्षीय खेलाडीले यस वर्ष चार एटीपी एकल उपाधि जितेका छन् र हाल विश्वमा उनको करियर उच्च स्थानमा छ ।

ओप्पोको नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सँग जोडिएको, यस वर्षको अवार्डले टेनिस प्रतिभाको शिखरमा रहेका ती खेलाडीहरूकोे कठिन प्रयासलाई पहिचान गर्न केन्द्रित भएको छ ।

उत्कृष्टको बिरूद्ध प्रतिस्पर्धा गर्नु संघर्ष र प्रतिकूलताको साथ आउँदछ, र अवार्ड च्याम्पियन जसले लगनशील र सकारात्मक दृष्टिकोणका साथ उत्कृष्ट प्रदर्शन गरेका छन् ।

ओप्पोका उपप्रमुख तथा ओप्पो ग्लोबल मार्केटिंङका प्रमुख विलियम लिउले आफ्ना विचार राख्दै भने, ‘ईन्सिपिरेसन अहेड को अर्थ हो हामी अगाडि बढ्दै गर्दा आत्मविश्वास र शालीनता देखाउनु । यसले हामीलाई अप्ठ्याराहरुलाई बहादुरी र स्थिरतालाई तोड्दै दृढ र सुन्दर रहन प्रोत्साहन दिन्छ । खेलकुदहरुमा सहभागी हुनु ओप्पोको लागि पारस्परिक रूपमा प्रेरणादायी भावना व्यक्त गर्न टेक्नोलोजीको नवीन अनुभव हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरू समक्ष पु¥याउन एक उत्तम माध्यम बनेको छ ।

विम्बल्डनका प्रसारण संवाददाताहरूको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टेनिस स्टारहरूबाट छनोट भएका थिए । ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताज लगाउने दौडमा अन्तिम विजेता कार्लोस अल्काराजसँगै जाननिक सिन्नर, तातजाना मारिया र हार्मोनी ट्यान थिए ।

विश्वभरका फ्यानहरूसँग ८ जुलाईमा मतदानको समापनसँगै प्रतिस्पर्धामा सबैभन्दा बढी प्रेरित गर्ने टेनिस खेलाडीलाई मतदान गर्ने अधिकार थियो । नयाँ आधार तोड्नु र विश्वभरका मानिसहरूलाई प्रेरणा दिनु ओप्पोको मुख्य विशेषता हो । ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्डले ती मूल्य मान्यतालाई आत्मसात गर्ने टेनिस स्टारहरूलाई स्वीकार गरेको यो नैतिकताको उदाहरण हो ।

विम्बल्डनको सेन्टर कोर्टको एक्लेक्टिक १०० वर्षको विरासतलाई निरन्तरता दिनका लागि भविष्यका टेनिस स्टारहरूलाई प्रेरणा दिने मार्ग हो, यसलाई विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको रूपमा मान्ने गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स