नेपालमा सर्वाधिक बिक्री हुने स्मार्टफोनमध्ये शाओमी शीर्ष स्थानमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लीडर शाओमीले आज अग्रणी बजार अनुसन्धान फर्म आईडीसीको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको दोस्रो त्रैमासिक २०२१ को रिलीज अनुसार आफु नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।

२०२१ को दोस्रो त्रैमासिकमा ३८.९% को बजार शेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२०को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।

शाओमी कम्पनीले विगत एक वर्षदेखि नेपाली बजारमा शीर्ष स्थान कायम रहदै आएको छ । शाओमीले २०२१ को दोस्रो त्रैमासिकमा ३८.९% को शेयर बजारको युनिट सिपमेन्टमा साथ अग्रता लिएको छ । दोस्रो त्रैमासिक २०२१ को मोबाइल फोन ट्र्याकर अनुसार, शाओमीले बजारमा सामसङ, भीभो र टेक्नोको संयुक्तले भन्दा धेरै शेयर ओगटेको छ । २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोनमध्ये शाओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेको थियो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, ‘हामी आईडीसी अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौं । हामी हाम्रा मी प्रशंसकहरुबाट प्राप्त भएको माया र समर्थनको लागि आभारी छौं । हामीले भविष्यमा आप्mनोे लागी कायम गरेका सबै स्वर्ण लक्ष्यहरु पूरा गर्नको लागी निरन्तर प्रयास र आशा राखिराखेका छौं ।’

मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ लगायत मूख्य क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क लगायत सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । आज नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा २० हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६ सयभन्दा बढी मी प्रिफर्ड पार्टनर स्टोरहरुलाई स्थापित गरेको छ ।

कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थिति बलियो बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स