ईसेवामा बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले ‘५५ मिनेटको धमाका अफर’ सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत असार ५ गते (आइतबार) बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने छ ।

आज बेलुका ५ देखि ५ः५५ बजेसम्म एकाउन्ट लिंकमार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने जनाइएको छ । योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने र एकाउन्ट भेरिफाइ भएको हुनुपर्ने जनाइएको छ ।

ईसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आईओस मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स