ओप्पो ए१६के को मूल्य घट्यो, कति छ नयाँ मूल्य ?

काठमाडौं । ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो ए१६के ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरीजको परम्परालाई निरन्तरता दिईरहेको छ ।

ओप्पोको १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००x७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोईन्ट कर्नरहरु बनाईन्छ । यो फोन ४२३० एमएएच् लंग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुबैका लागि उपयुक्त छ ।

यसमा ५एक्स डिजिटल जुम र ५ एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा रहेको छ । विभिन्न विषयवस्तुहरु र पोर्टे«टहरु, स्न्यापसटहरु र धेरै परिदृश्यहरु र अगाडी र पछाडी दुबै क्यामेराले स्टाईलिश फोटोहरुमा प्रभाव पार्ने ओर्जिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो,अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाईलिश फिल्टरहरु सपोर्ट गर्दछ ।

यसबाहेक, यसले एआई ईन्जिन मार्फत दृश्य पहिचान गर्दछ र त्यसपछि यसले ईमेजका रङ्गहरु पुनः निर्माण गर्न पिक्सेल स्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ ।

पछाडिको क्यामेराको लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरु छन् । यी सबै डिजाइनले प्रयोगकर्ताहरुलाई, सुन्दर र व्यावसायिक नाईट शटहरु लिन मद्दत गर्दछ ।

ओप्पो ए१६के कोे मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एप आइकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ ।

साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा लाग–फ्रि स्मुथनेसको लागि प्रणाली बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिप र १टीबी सम्म स्टोरेज बढाउन सकिन्छ ।

प्रत्येक ओप्पो ए१६के स्मार्टफोन किन्दा अब .२ हजार रूपैयाँ बचत गर्ने मौका मिलेको छ ।

४जिबी +६४ जिबी स्मार्टफोन

पहिलेको मूल्य – १९,९९० रूपैयाँ
अहिलेको मूल्य – १७,९९० रूपैयाँ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स