काठमाडौं । नेपालको ९ स्थानको जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले नेपालको ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने जनाएको हो ।
आईस्पानका अनुसार इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनारुवा, धरान, धुवही, लहान र डोटीको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने उल्ले गरेको छ । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढंगले इन्टरनेट प्वाइन्ट राखिएको छ ।
इन्टरनेट प्वाइन्ट–डाटा सेन्टर, एइए र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरवेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा भईरहेकोले ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने आईस्पानले जनाएको हो ।
आईस्पानका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन काट्नाले त्यहाँ हाल ब्याकअप सिस्टमको प्रयोग भइरहेको छ । ब्याकअप सिस्टमले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था भएकोले कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानले चेतावनी दिएको हो ।
आईस्पानले भनेको छ ’ब्याकअप सिस्टमले धान्न छोडे पछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जनाइएका छ ।