रियलमी जीटीको नयाँ दुई स्मार्टफोन बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले जीटी सिरिजमार्फत दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले एक समारोह आयोजना गर्दै जीटी सिरिजअन्तर्गत ‘रियलमी जीटी मास्टर एडिसन’ र ‘रियमली जीटी एक्स्पोलर मास्टर एडिसन’ बजारमा ल्याएको हो ।

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित उक्त मोबाइल युवा प्रयोगकर्ताको सृजनशीलतामा विकास पुर्याउने विश्वास कम्पनीले लिएको छ । यी फोनमा रहेका नवीनतम फिचरले दैनिक जीवनलाई अझ सहज बनाउने बताइएको छ ।

१२ जीबीसम्म भर्चुअल ¥याम बढाउन मिल्ने एक्स्प्लोरर एडिसनमा क्वालकम स्न्यापड्रागन ८७० प्रोसेसर रहेको छ । त्यस्तै जीटी मास्टर एडिसनमा ८ जीबीसम्म भर्चुअल र्याम बढाउन मिल्छ भने स्न्यापड्रागन ७७८ जी प्रोसेसर रहेको छ ।

मिडरेन्जमा उपलब्ध हुने यी दुवै फोन गेमिङ पारखीले मन पराउने दाबी कम्पनीको छ ।

मास्टर एडिसनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । त्यस्तै एक्स्पोलरर मास्टर एडिसनमा ओआईएस सहितको ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा छ ।

प्रो स्ट्रिट फोटोग्राफीमा डीएसएलार क्यामेराबाट मात्र देखिने दिन, रात, पोट्रट, ल्याण्डस्केपका आकर्षक फोटोहरु अब प्रयोगकर्ताहरुले यी स्मार्टफोनबाट नै street photography mode प्रयोग गरेर लिन सक्नेछन् ।

यी दुवै स्मार्टफोनमा १२० हर्ज सामसङ एमोलेड स्क्रिन छ, जसमा भिजुअलहरु आकर्षक देखिन्छ । नेपाली बजारमा केही समयमा भित्रिने रियलमी जीटी मास्टर एडिसन छिमेकी भारतमा भने हिजै सार्वजनिक भइसकेको छ । यसअन्तर्गत ६ जीबी प्लस १२८ जीबी भेरियन्टको सुरुवाती मूल्य २५ हजार ९९९ भारू छ भने ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २७ हजार ९९९ भारू रहेको छ । त्यस्तै ८ जीबी प्लस २५६ जीबीको मूल्य २९ हजार ९९९ भारू रहेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स