भेडान्तको हात सेमिकन्डकटरमा

काठमाडौं । सेमिकन्डकटर विश्वको अर्थतन्त्र र राजनीतिको मियो बन्न गएको छ । आधुनिक समयमा नभई नहुने मोबाईलफोन र विभिन्न विद्युतीय सामग्री बनाउने मुख्य कुरा भनेकै सिलिकन चिप हो ।

अहिलेसम्म ताइवान एक्लैले उत्पादन गर्दै सारा विश्वलाई पुर्‍ याई रहेको छ । पछिल्लो समय चीनको उदय र अर्थतन्त्र वृद्धिले विश्व राजनीतिमा ध्रुवीकरणको छायाँ छाएको छ । चीनले ताइवानलाई आफ्नै देशको भाग मान्छ ।

ताइवान माथि जुनसुकै बेला आक्रमण हुनसक्ने भएकाले अमेरिका लगाएत अन्य देशहरू निकै नै सचेत भएका छन् । अमेरिका, भारतलगायतका देशले सेमिकन्डकटरका लागी ठूलै धनरासी छुट्याएका छन् ।

भारतमा भेडान्त

भारतीय कर्पोरेट क्षेत्रमा भेडान्त एउटा चिरपरिचित नाम हो । आर्थिक शक्ति केन्द्रको रुपमा हुन खोजेको देशको अभिलाशाामा भेडान्त एउटा धावक घोडाको रुपमा देखिएको छ ।

तेलदेखि फलामसम्म व्यापारमा हात हालेको र सफल भएको भेडान्तले १००० एकड जमिन ९९ वर्षको लागि प्रदेश सरकारसँग निःशूल्क दिन निवेदन गरेको छ ।

करिब २० वर्षको समयसम्म १ लाख जनालाई प्रत्यक्ष र अप्रत्क्ष रोजगारी दिने र २.२ बिलियन डलरको कर अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स