इन्टरनेट सेवा अवरुद्ध हुने सक्ने सम्बन्धमा क्यान महासंघको ध्यानाकर्षण

काठमाडौं । इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति क्यान महासंघको ध्यानाकर्षण भएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायहरुबीच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा अवरुद्ध हुने सक्ने प्रति क्यान महासंघ चिन्ता व्यक्त गरेको छ ।

यस समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपूर्वक यथासिघ्र वार्ता एवं छलफलको निम्ति क्यानले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स