रियलमीको सी-३५ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी-३५ सार्वजनिक गरेको छ ।

रियलमी सी-३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, स्टाईलिश एन्ट्री-लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिएको र डाईनामिक ग्लोईंङ डिजाइनमा छ भने ग्लोइंङ ब्ल्याक र ग्लोइंङ ग्रीन गरी दुई रङमा उपलब्ध छ ।

यसमा ५००० एमएएच् ब्याट्री र फास्ट चार्जको व्यवस्था तथा ३९ दिनसम्म टिक्न सक्ने ब्याट्री छ । रियलमीले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । जसअन्तरगत नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याएको हो ।

रियलमी सी ३५ दुई फ्युचरिस्टिक आकर्षक डिजाइन र रंगहरुमा उपलब्ध छ – ग्लोइंङ ब्ल्याक र ग्लोइंङ ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य २०,४९९ (4GB+64GB) र २१,९९९ (4GB+128GB) रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स