एजेन्सी । टेस्ला मोटर्सका सीइओ एलन मस्कले ट्वीटर नै खरिद गर्ने इच्छा जाहेर गरेका छन् । यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसनमा बिहीबार दर्ताभएको फाइलमा प्रति शेयर ५४।२० अमेरिकी डलर नगदमा ट्वीटरको सबै सेयर खरिद गर्न तयार रहेको उल्लेख गरेका हुन् ।
मस्कले यसअघि नै ट्वीटरको ९.१५ स्वामित्व लिइसकेका छन् ।
जुन अप्रिल १ अर्थात यसअघि ट्वीटरको सेयरहोल्डर बन्नु भन्दा अगाडिको अन्तिम भाउमा ३८५ प्रिमियम हो । ट्वीटरको सेयर खरिद गर्ने समाचार बाहिरिएसँगै विश्वभर सबैभन्दा बहुमूल्य सेयर मानिने टेस्लाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटिसकेको छ।
बिहीबार मात्रै टेस्लाको सेयर मूल्य ३.७ प्रतिशतले घटेको थियो।