शाओमी १२ र शाओमी १२एक्स नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२ एक्स को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको हो ।

सिनेम्याटिक शट एनि टाइम

शाओमी १२ र शाओमी १२एक्स बाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै पफेटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस् । दुवै फोनमा बहुमुखी शूटिंगको लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एमपि प्रमुख क्यामेरा छन् जसले शाओमी १२ मा ८के रेकर्डिङ क्षमता प्रदान गर्दछ । शाओमी १२ र शाओमी १२एक्स ले १३ एमपि अल्ट्रा वाइड एंगल क्यामेरा, ५ एमपि टेलिम्याक्रो क्यामेरा सहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रधान गर्छ ।

प्रभावशाली हार्डवेयर बाहेक यो फोनमा अत्याधुनिक एआई अल्गोरिदम छ जसले प्रयोगकर्ताहरूलाई हरेक पल रेकर्ड गर्न पहिले भन्दा सजिलो बनाउँदछ।शाओमी प्रो फोकसले वस्तुहरू पहिचान र ट्र्याक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरू रोक्न मद्दत गर्छ ।

शाओमी १२ र शाओमी १२ एक्स दुबै आँखा र अनुहार स्वतः फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ ।

फ्ल्यागशिप प्रोसेसिङ, अद्वित्तिय पर्फमेन्स र पावर एपिफ्सियन्सी

फ्ल्यागशिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फमेन्स चाहिन्छ। शाओमी १२ र शाओमी १२ एक्स दुवैमा Qualcomm® SnapdragonTM प्रोसेसर छ – जुन Qualcomm को सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।

यसमा भएको ४ एनएम को प्रोसेसरले जिपीयु ग्रापिफ्क रेन्डरिङ क्षमतालाई ३० प्रतिशत सम्म बढाउनुको साथै पहिलाको फोन को तुलनामा यसमा २५ प्रतिशत बढी ब्याट्रि टिक्छ । साथै यसमा भएको युएफइस ३.१ स्टोरेज र LPDDR5 RAM ले एप लोडिङ र डेटा ट्रान्स्पफ्रको स्पिड बढ्नुका साथै उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ भने सुपर लार्ज भेपर च्याम्बर र ग्रेफाइटको थुप्रै लेयर भएको हाइ पर्फर्मिंग कुलिङ सिस्टमले फोन धेरै तात्नबाट बचाउँछ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स

यी दुवै फोनमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्ने मात्र नभई हरेक पलहरु पुनः जीवित गरौंद छ। ट्रु कलर सपोर्ट गर्ने र डिस्प्लेमेटले ब्ं रेटिङ गरेको एमोलेड डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ । साथै यसमा र्स्क्याच रेसिस्टान्ट Corning® Gorilla® Glass Victus® राखिएको हुँदा स्क्रीन कोरिने चिन्ता हुँदैन ।

शाओमी १२ र शाओमी १२ एक्स दुवैले ६.२८–इन्च फुल(ज्म्ं डिस्प्लेहरूमा करोडौं भन्दा बढी रंगहरू सहित, शाओमी को अहिलेसम्मको सबैभन्दा रंगीन स्मार्टफोन डिस्प्ले प्रदान गर्दछ।

यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ । भन्नुको मतलब यो फोन को साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । शाओमी १२ र शाओमी १२ह दुबैले इमर्सिभ गेमिङ वा भिडियोको लागि सन्तुलित स्टेरियो साउण्ड प्रदान गर्दछ ।

प्रयोगकर्तालाई थप अनुकूलन थप अनुभव प्रधान गर्न शाओमी १२ र शाओमी १२ एक्समा MIUI १३ समावेश गरिएको छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो । MIUI १३ ले फोन मा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइपफ् लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँ फिचरहरु पनि छन् ।

मार्केट अभैबिलिटी

शाओमी १२ र शाओमी १२ एक्स 8GB+256GB  भेरियन्टमा उपलब्ध छ।
शाओमी १२ दुई रंग ग्रे र पर्पलमा उपलब्ध हुनेछ।
शाओमी १२ एक्स तीन रंग ग्रे, पर्पल र निलोमा उपलब्ध हुनेछ।
शाओमी १२–९२,९९९ रूपैयाँ
शाओमी १२ एक्स– ७६,९९९ रूपैयाँ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स