नेपालीले बनाएको अनलाइन गेम खेलेर लखपति बन्न सकिने

काठमाडौं । अनलाइन गेम खेलेर लखपति बन्न सकिने भएको छ । नेपाली कम्पनी रेड टेल फक्स निर्माण गरेको गेमिङ प्लाटफर्म ‘रमाइलो गेम्स’ मा अनलाइन गेम खेलेर लखपति बन्न सकिने भएको हो ।

नेपालमा सोसल गेमिङ प्लेटफर्म विकास गर्नका लागि रमाइलो गेम्स सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक उदय गुरुङ बताउँछन् ।

अहिले कम्पनीले ‘को बन्छ लखपति’ भन्ने अनलाइन नेशनल क्विज च्याम्पियनशिप सञ्चालन गरिरहेको छ । को बन्छ लखपति क्विजमा सहभागी हुनका लागि रमाइलो गेम्समा गएर आईडी बनाउनु पर्ने हुन्छ । को बन्छ लखपति कम्पनीले तयार गरेको प्रिमियम गेम हो । यो खेलमा सहभागी हुनका लागि खेलाडीले सर्वप्रथम सबर्किप्सन प्लान खरिद गर्नु पर्ने हुन्छ । खेलाडीले एक महिनाका लागि ६० रुपैयाँ, ६ महिनाका लागि ३०० रुपैयाँ र एक वर्षका लागि ५०० रुपैयाँ तिरेर सबर्किप्सन प्लान लिन सक्छन् ।

सबर्किप्सन प्लान लिने खेलाडीले रमाइलो गेम्समा उपलब्ध १४० भन्दा बढी खेल खेल्न पाउँछन् । सबर्किप्सन प्लान नलिनेले प्लेटर्फममा उपलब्ध निःशुल्क गेम मात्र सहभागी जनाउन सक्छन् ।

सबर्किप्सन प्लान खरिद गर्नेले रमाइलो गेम्समा उपलब्ध प्रिमियम गेमका साथै १ लाख रुपैयाँ पुरस्कार राशीको को बन्छ लखपति भन्ने प्रतियोगिता सहभागी जनाउन सक्छन् । साथै निकट भविष्यमा कम्पनीले ल्याउने अन्य पुरस्कार राशीको खेलमा पनि सहभागी जनाउन सकिने गुरुङ बताउँछन् ।

सबर्किप्सन प्लान खरिद गरेका खेलाडीले को बन्छ लखपति खेल्न सक्छन् । यो खेलमा सहभागी हुने खेलाडीलाई विभिन्न प्रकारको प्रश्न सोधिने छ । एउटा सेसनमा सबैभन्दा धेरै प्रश्नको सही जवाफ मिलाउने शीर्ष खेलाडीले पुरस्कार जित्नेछन् ।

खेलको नियम

को बन्छ लखपति अनलाइन हाजिरजवाफ प्रतियोगिता हो । रमाइलो गेम्सको सबर्किब्सन प्लान लिएका खेलाडीले मात्र यसमा सहभागीता जनाउन सक्छन् । यस प्रतियोगितामा सहभागीले एउटा सेसनमा ३ वटा लाइफ र १५ सेकेन्ड भित्रमा उत्तर दिनु पर्ने हुन्छ । १५ सेकेन्ड भित्रमा उत्तर दिन नसक्ने र गलत उत्तर दिँदा लाइफ घट्छ । ३ वटा लाइफ सकिएपछि त्यो सेसन समाप्त हुन्छ । सहि उत्तर बापत प्रतियोगिले सय अंक प्राप्त गर्नेछन् । उक्त सेसनमा दिएको उत्तरको आधारमा प्रतियोगिले अंक प्राप्त गर्छन । प्रतियोगिले अनलिमिटेड सेसनमा सहभागी जनाउन सक्नेछन् । पुरस्कारका लागि भने कुनै एक सेसनमा प्राप्त गरेको उच्च अंक मात्र गणना हुनेछ । यदि कुनै अन्य प्रतियोगिसँग अंक बराबर भएमा भने विभिन्न सेसनमा सहभागी भएर हासिल गरेको अंक गणना हुन्छ । त्यस स्थितिमा जुन प्रतियोगिको अंक धेरै हुन्छ, उही विजेता बन्छ ।

पुरस्कार राशी

को बन्छ लखपति कुल एक लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगिता हो । यस प्रतियोगितामा शीर्ष १० स्थानमा रहने प्रतियोगिले पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार ५० हजार, दोस्रो २५ हजार, तेस्रो १० हजार, चौथों ५ हजार, पाँचौं ३ हजार, छौठो २ हजार, सातौं १ हजार ७५०, आठौं १५००, नवौं १ हजार र १० औं स्थानमा रहनेले ७५० रुपैयाँ जित्ने छन् ।

साथै, शीर्ष १० भित्र पर्ने प्रत्येकले पठाओको फुड कुपन र दराजको डिस्काउन्ट कुपन प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

5 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स