इसेवा र बेलायतको टेंगोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेंगोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

इसेवाले विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ ।

यस सम्झौतासँगै बेलायतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेंगोपेको मोबाइल एप तथा वेबसाइटबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै पठाउन सकिनेछ ।

विदेशबाट टेंगोपेमार्फत् अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।

रेमिट्यान्ससम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ, अजेस कोइराला र टेंगोपेको तर्फबाट निर्देशक बसिर संगर्वालले हस्ताक्षर गरे । तीन महिनाका लागि कुनै शुल्क नलाग्ने इसेवाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स