डिशहोमले ल्यायो १२ महिनाको रिचार्ज गर्दा २४ महिना सम्म टेलिभिजन हेर्न पाउने सुविधा

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यस सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख पनि जित्न सक्ने छन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यो योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स