खेतीपानीमा मद्दत पुर्याउने ‘साथी’ एप सार्वजनिक, एपबाटै कृषकले माटोको गुणस्तार थाहा पाउने

काठमाडौं । कृषि व्यवसायमा लागेकाहरुलाई मद्दत पुर्याउने ‘साथी’ एप सार्वजनिक भएको छ । किसानहरुलाई खेतीपाती गर्दा आईपर्ने विभिन्न समय समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस ‘साथी’ सार्वजनिक भएको हो ।

महिला विकास समाज (विमेन डेभेलप्मेन्ट सोसाइटी ‘वोडेस’) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञहरूको समूह ‘इम्प्याक्टस’ ले सूचना प्रविधिविज्ञ लचना हाडाको सुपरिवेक्षणमा उक्त डिभाइस तयार गरेको हो ।

परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलविद्युत परिवर्तन, माटाको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण दिन प्रतिदिन ओह्रालो लाग्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा यो एप उपयोगी हुने विश्वास गरिएको छ ।

कम्प्युटर विज्ञान, विशेषगरी मसिन लर्निङ र एआई, इलेक्ट्रिकल इञ्जिनियरिङ र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको यो डिभाइसले किसानलाई खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुनुपर्ने बाध्यता छ ।

स्थलगत रूपमै तत्कालै त्यस सम्बन्धी जानकारी पाउन सकिन्छ। यस डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउने छ ।

यसले बालीनालीको स्वास्थ्य सुपरिवेक्षण गर्न पनि सहयोग गर्ने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउँछ। हाल यो एप एण्ड्रोइडमा मात्रै उपलब्ध छ । छिटै आइओएसमा पनि उपलब्ध गराइने इम्प्याक्टसले जानकारी दिएको छ ।

कम खर्चमा सजिलै जडान तथा प्रयोग गर्न सकिने साथी डिभाइस हार्डवेयर र सफ्टवेयरसहित तयार गरिएको छ । कृषिसम्बन्धी जटिल विश्लेषण गर्न सक्ने सेन्सरसहितको प्रोटोटाइपले माटो तथा बालीनालीसम्बन्धी तथ्यांक संकलन गर्दछ ।

ल्यापटप वा मोबाइलमा राखिने साथीको सफ्टवेयरले उक्त तथ्यांकलाई विश्लेषण गरी माटोको तापक्रम, आद्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लताको अवस्थाबारे जानकारी दिन्छ ।

यसैगरी उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्दछ । हाल यस डिभाइसले धान, गहु, केरा, गोलभेंडा, आलु, जुट तथा कफिलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्दछ ।

यस प्रविधि सञ्चालनका लागि इन्टरनेट वा क्लाउड पूर्वाधार पनि नचाहिने हुनाले दुर्गम क्षेत्रका किसानले पनि यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।

यस डिभाइसको व्यावसायिक उत्पादन गरेर नाफा कमाउने भन्दा पनि यसलाई कृषि अनुसन्धानका लागि निःशुल्क प्रदान गरेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोगसम्बन्धी थप वैज्ञानिक अनुसन्धान कार्यलाई सघाउने उद्देश्य रहेको इम्प्याक्टसले बताएको छ ।

दश महिनाको छोटो समयमै तयार गरिएको एआईमा आधारित यस डिभाइसको सफल परीक्षण काठमाडौंको सतुङ्गल र फपिङ्गमा गरिसकिएको छ । कृषि क्षेत्रको समस्या पहिचानका लागि तयार गरिएको साथी डिभाइस निर्माण टोलीमा १६ जना महिलाविज्ञको सम्लग्नता छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स