शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला, मूल्य १ लाख १५ हजार

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ ।

प्रि-अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा ५ हजार रुपैयाँको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा उलब्ध छ । १२ जीबी र्याम् र २५६ जीबी रोमा उपलब्ध शाओमी १२ प्रोको मूल्य १ लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स