खल्तीमा बैंक लिंक गर्दा १ सय रुपैयाँ बोनस

काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गर्दा १ सय रुपैयाँ बोनस पाउने अफर ल्याएको छ ।

यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने चैत ९ गतेदेखि बैशााख ८ गतेसम्म संचालन गर्ने लागेको हो ।

हाल खल्तीमा लिंक गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिंक गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ ।

बैंकहरू लिंक गर्न, प्रयोगकर्ताले आफ्नो आवश्यक कागजात पेश गर्नुपर्छ ।

प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स