इसेवा मनि ट्रान्सफर र इजेड रेमिटबीच सम्झौता

काठमाठौं । इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको इजेड रेमिटबीच रेमिट्यान्स भूक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै संसारका ४० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा सहजै पैसा पठाउन र पाउन सकिने इसेवाले जनाएको छ ।

सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर मुजाहिद मलिकले हस्ताक्षर गरे ।

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा नै जम्मा गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिने इसेवाले जनाएको छ ।

हालसम्म इसेवा मनी ट्रान्सफरले २०० भन्दा बढी देशहरूबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स