पोल भाडा तिर्न इन्टरनेट सेवा प्रदायकलाई ताकेता

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गर्न ताकेता गरेको छ ।

प्राधिकरणको पोल उपयोग गरी इन्टरनेट सेवा दिइरहेका कम्पनीहरूलाई तत्काल भाडा तिर्न निर्देशन दिएको छ।

भाडा नितरेसम्म कुनै पनि सेवाप्रदायकको सम्झौता नवीकरण नहुने प्राधिकरणले प्रष्ट पारेको छ । सम्झौता नवीकरण नभइ कसैले पनि नयाँ लाइन नतान्न प्राधिकरणले निर्देशन दिएको छ ।

यदि सम्झौता नवीकरण नहुँदै कसैले नयाँ लाइन तानेमा प्राधिकरणले सामग्री नियन्त्रणमा लिनसक्ने चेतावनी दिएको छ।
गत असोजमा प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुको तार काटेको थियो । आफ्नो पोल प्रयोग गरेकाहरुलाई गत असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सूचना निकालेको प्राधिकरणले १६ गतेदेखि धमाधम तार काट्न थालेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स