नेपाली बजारमा ओपो ए७६ सार्वजनिक हुँदै, यस्तो छ विशेषता

काठमाडौं । वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन, ओपो ए७६ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

ओपो ए७६मा ओपोले आफ्नोे स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको छ ।

ओपो ए७६मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीपनि उपलब्ध हुने जानकारी दिइएको छ ।

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए७६मा कुनै सम्झौता गरिएको छैन । ट्रेण्डी डिजाइन सहितको यो फोन मार्फत सक्रिय अवस्थामा अमूल्य पलहरुलाई तस्विरमा कैद गर्ने कार्यमा सहजतार्थ उच्च कोटीका एआई सक्षम क्यामेराहरु पनि दिइएको छ ।

यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ ’, ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स