राइड सेयरिङको दुनियाँमा लोकप्रिय बन्दै सहारा एप

काठमाडौं। साहारा एप राइड सेयरिङको दुनियाँमा आफूलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरू थपिरहेको कम्पनीले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । ।

बजारमा रहेका अन्य कम्पनीको भन्दा सस्तो र गुणस्तरीय सेवा प्रवाहको कारण साहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दावी छ ।

राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । एप बिजनेश ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ ।

राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमासमा बिश्वनियता दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

साहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए ।

साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडरले साहारा पार्टनर र ग्राहकले साहारा एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स