एनसेलले डाटामा क्यास ब्याक दिने

काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई डेटा प्रयोग गर्दा क्यासब्याक दिने योजना ल्याएको छ । कम्पनीले ‘गज्जबको डेली जिबी प्याक’अन्तर्गतका तीन विभिन्न प्याकहरूमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्मको क्यासब्याक अफर ल्याएको हो । योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक एक जिबी र सात दिनसम्म दैनिक दुई जिबीकोे गज्जबको डेली जिबी प्याकको खरिदमा क्यासब्याक पाउने जनाइएको छ ।

सात दिनका लागि मान्य रहने दैनिक एक जिबी गज्जबको डेटा प्याक एक सय ६९ रुपैयाँमा सुचारु गर्न सक्ने र यसमा २० रुपैयाँ क्यासब्याकअन्तर्गत बोनस ब्यालेन्स पाउने कम्पनीले जनाएको छ । त्यस्तै, दुई सय ६९ रुपैयाँमा सात दिनको समयसीमा रहेको दैनिक दुई जिबी डेटा प्याक खरिद गर्दा ३० रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ ।

लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्ने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक एक जिबी डेटा प्याक पाँच सय ९९ रुपैयाँमा सुचारु गर्न सक्ने र यसमा ६० रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । योजनाअनुसारको क्यासब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवामा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स