हाई परफरमिंग स्मार्टफोन ओपो ए१६ बजारमा, मूल्य २२ हजार ९९०

काठमाडौं । ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए-सिरिज अन्तर्गत ए१६लाई ४जीबी + ६४जीबीको नयाँ भ्यारियन्टमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमता सहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्य अनुरुप ओपो ए१६को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिश डिजाइन मन पराउने यूवा लक्षित भई गरिएको छ ।

लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए१६मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । साथै, सहजताका साथ गुणस्तरिय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको छ ।

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए१६मा कुनै सम्झौता गरिएको छैन । ट्रेण्डी डिजाइन सहितको यो फोनमा सक्रिय अवस्थामा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनि दिइएको छ । यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीका मज्जा लिन सघाउँछ ।’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।

डिजाइन

क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधापनि दिइएको छ ।

क्यामेरा

ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्ने तिर विशेष ध्यान दिएको छ । यसका लागि कम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमता सहितधको फ्रण्ट क्यामेरापनि दिइएको छ ।

ब्याट्री र रोम

ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको छ । यसका प्रयोग गरिएको उर्जा खपत न्यूनिकरणमा सघाउन प्रशस्त फिचर्स सहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्ता रहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई १००% चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथ विना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षितरुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए१६को यस नयाँ भ्यारियण्टमा ४जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधापनि फोनमा उपलब्ध रहेको छ ।

बजार उपलब्धता
नेपाली बजारमा ओपो ए१६को नयाँ ४जीबी+६४जीबी भ्यारियण्ट माघ महिनाको २६गतेदेखि नै उपलब्ध भइसकेको छ । मूल्य २२ हजार ९९० रुपैयाँ तोकिएको छ । यो फोन नेपालभर रहेका ओपोका प्रमुख विक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स