इन्टरनेट प्रयोगकर्ता ३ करोड ६० लाख पुगे

काठमाडौं । नेपाल दुरसञ्चार प्रधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ता ३ करोड ६० लाख काटेका छन् । प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिर्पोट अनुसार २०७८ मंसिरसम्म इन्टरनेट प्रयोगकर्ता ३ करोड ६० लाख ४१ हजार १०६ जना पुगेका हुन् ।

नेपालमा सबैभन्दा धेरै इन्टरनेट मोबाइल ब्रोण्डब्याण्डबाट चलाउने गरिएको छ । थ्रीजी, फोरजी र इभीडीओगरी ३ थरी माध्यमबाट मोबाइल ब्रोण्डब्याण्ड प्रयोग गरिन्छ । मोबाइलबाट इन्टरनेट चलाउने २ करोड ६९ लाख ३ हजार ९७९ जना छन् । जसमा फोरजी प्रयोगकर्ता १ करोड ४४ लाख ८३ हजार ७५० जना, थ्रीजी प्रयोगकर्ता १ करोड २२ लाख ८३ हजार ७५० र इभीडीओ प्रयोगकर्ता १ लाख ३६ हजार ५७३ जना छन् । इभीडीओ सेवा नेपाल टेलिकमले मात्र उपलब्ध गराउँदै आएको छ ।

नेपालमा ३ वटा दुरसञ्चार सेवा प्रदायकबाट उपभोक्ताले इन्टरनेट प्रयोग गर्दै आइरहेका छन् । जसमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता नेपाल टेलिकमको रहेको छ । टेलिकमको इन्टरनेट प्रयोगकर्ता १ करोड ९९ लाख ८ हजार ३९६ जना छन् । दोस्रो स्थानमा रहेको एनसेलको प्रयोगकर्ता ८३ लाख ४६ हजार ११९ जना र स्मार्ट टेलिकमको प्रयोगकर्ता १ लाख ६० हजार ७९६ जना छन् ।

इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट प्रयोग गर्ने ७६ लाख २५ हजार ७९५ जना छन् ।

प्राधिकरणका अनुसार एउटा फिक्स इन्टनेट सेवाबाट औसतमा ४।८८ जनाले सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स