टेलिकम बोर्ड अध्यक्षमा बैकुण्ठ अर्याल, २१ दिनदेखि आन्दोलनमा उत्रिएका कर्मचारीको विवाद सल्टाउनु पर्ने

काठमाडौं । नेपाल टेलिकमको बोर्ड अध्यक्ष डा. बैकुण्ठ अर्याल भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई सरुवा गरेपछि उनी स्वतः टेलिकमको अध्यक्ष बनेका हुन् । संचार मन्त्रालयको सचिव पदेन टेलिकमको बोर्ड अध्यक्ष हुने कानुनी प्रावधान छ ।

उनी प्रधानमन्त्री कार्यालय बसेर आफ्नो जिम्मेवारी सम्हाली रहेका थिए । अर्याल यसअघि नै टेलिकमको बोर्ड सदस्य बनिसकेका छन् ।

अहिले टेलिकमका कर्मचारी विगत २१ दिनदेखि आन्दोलनमा छन् । बोर्ड अध्यक्ष नहुँदा कर्मचारी युनियनले राखेको माग पुरा हुन सकेको थिएन । टेलिकमका प्रवन्ध निर्देशक लाई टेलिकम प्रवेशमा रोक लगाइएको छ । देशव्यापी रुपमा कर्मचारी कालो पट्टी बाधेर आफ्ना माग पुरा गर्न बोर्डलाई दवाव दिइरहेका छन् ।

साउन ५ बाट आफ्नो वृत्ति विकासमा असर पुग्नेगरी टेलिकम व्यवस्थापनले कर्मचारी विनियमावली पास गरेपछि कर्मचारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।

अहिले अर्याल अलि अप्ठ्यारो अवस्थामा टेलिकमको बोर्ड अध्यक्ष बनेका छन् । यसअघि उनी बोर्ड सदस्य भएका रहँदा टेलिकमको संस्थागत पुनर्संरचना गरेका थिए । टेलिकममा विदेशी रणनीति साझेदार भित्र्याउने विषयमा पनि उनलाई राम्रो ज्ञान छ । अहिले टेलिकम फाइभजी परीक्षणको चरणमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स