सूचना प्रविधिको मेला ‘क्यान इन्फोटेक २०२२’ स्थगित

काठमाडौं । सूचना प्रविधिको मेला ‘क्यान इन्फोटेक २०२२’ स्थगित भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आयोजना गर्दै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि सरकारले गरेका पछिल्ला निर्णयअनुसार महासंघले सूचना प्रविधि मेला स्थगित गरेको हो ।

क्यान इन्फोटेक माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्ने पूर्व तयारी रहेको थियो । महासंघका अनुसार इन्फोटेक मेलाका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्शमा अर्को निर्णय नभएसम्मका स्थगित गरिएको हो ।

२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह-प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) का साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्य कम्पनी तथा संस्थाहरूको सहभागिता रहने गरी आयोजकले तयारी गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स