रियलमी ‘सी’ सिरीज अन्र्तगत सी२५ वाई स्मार्टफोन नेपालमा उपलब्ध

काठमाडौं । विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली यूनिसोक टी६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।

जीवन्त तस्विरहरु

रियलमी सी२५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०८६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ ।

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ ।

यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ ।

टिकाउ ब्याट्री

रियलमी को आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ । जसमा रियलमी सी२५ वाई मा भएको ५००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नुहुनेछ ।

यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसन को सुविधा पनि उपलब्ध गराउँछ ।

शक्तिशाली यूनिसोक टी६१० प्रोसेसर

रियलमी सी२५ वाई लाई अक्टा–कोर १२एनएम यूनिसोक टी६१० प्रोसेसरले सञ्चालन गर्छ जुन २.० गेगाहर्ज सम्म चल्दछ । साथै, २.० गेगाहर्ज सम्म चल्ने टु आर्म र्कोटेक्स–ए७५ र ६ आर्म र्कोटेकस–ए५५ समावेश छ । ८५० मेगाहर्ज गति भएको एआरएम मेल जी५२ जीपीयूले ग्राफिक्सलाई ह्यान्डल गर्छ ।

यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने यूनिकोस टी६१० प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ ।

झनै नयाँ रियलमी मा दुईवटा नानो-सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ । यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदान गर्दछ ।

अल्ट्रा-फास्ट फिंगरप्रिन्ट अनलकिङ भएको ६.५ इन्चको ठूलो डिस्प्ले

स्क्रीन टु बडी दर ८८.७ प्रतिशतसम्म पुग्न रियलमी सी२५ वाई को १६.५ सेमि÷६.५ इन्च डिस्प्ले रियलमीको क्लासिक मिनी–ड्रप डिजाइन फूलस्कृन नै हो जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङ्ग को अनुभव प्रदान गर्दछ ।

अल्ट्रा–फास्ट फीङ्गगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसन रसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ ।

सुन्दरताको हिसाबमा रियलमी सी२५ वाई ले पहिलो पटक लाइन एसेथेटिक डिजाइन अपनाएको छ जसले विशेष डिजाइनको कल्पना गर्दै ‘लाइन’ र ‘सर्फेस’ को सुन्दर व्यवस्था प्रस्तुत गर्दछ ।

रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ । रियलमी सी२५ वाइले नेपालमा ४ जीबी र्याम र १२८ जीबी र्याम स्टोरेज भेरिएन्टको मूल्य २० हजार ४४९ रुपैयाँ तोकिएको छ ।

पुस १५ गतेदेखि सर्वत्र बजारमा उपलब्ध रियलमी सी२५ वाई स्मार्टफोन दराजमा पुस १८ गतेदेखि बिक्री भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स