रियलमको आधिकारिक सर्भिस सेन्टर खुल्यो, उद्घाटनमा विभिन्न अफरहरु उपलब्ध

काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौं स्थित सिटिसि मलमा खोल्दैछ । रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ ।

डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् ।

जसमा २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । साथै, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट दिइने छ । यस्तै, निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयरको पनि व्यवस्था छ ।

यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सीटीसी मलको ५ औं तलमा रहेको छ ।

इन्ट्री–लेभल स्मार्टफोनहरु देखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्य सहितको सूचि यहाँ दिइएको छ ।

ग्राहकवर्गले यस आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न टोल–फ्रि हटलाइन नम्बर–१६६००१४३६६६ अथवा मोबाइल नम्बर-९८१३९१५९७३ मा कल गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स