ग्यापुले सम्पन्न गर्यो नेपालको पहिलो टिकटक अवार्ड

काठमाडौं । टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा ‘टिकटक अवार्ड’ प्रदान गरेको छ ।

कार्यक्रममा बर्षा बस्नेतले ‘बेस्ट रिप्रिजेन्टेटिभ, पुजा एन्जलले ‘मस्ट लबेभल, केपी खनालले दि सोसल एक्टिभिस्ट,’ नृत्य ट्रुप नेपाललाई ‘बेस्ट डान्सिङ ट्रुपु, स्मारिका समारिकालाई मस्ट कमेडियन ट्विन्सु र पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई बेस्ट मदर सनु अवार्ड प्रदान गरेको छ ।

यसैगरी शिक्षा संग्रौलालाई मस्ट इन्टलेक्चुअलु, शिशिर भण्डारीलाई, बेस्ट कमेडियन एक्टरु, मुस्कान गुरागाईलाई मस्ट ट्यालेन्टेडु, निता लता सरोवरलाई हाउसहोल्ड कन्टेन्टु, अनिश तामाङलाई नेपाल फर्स्ट बडि पेन्टरु, बिपि श्रेष्ठलाई मस्ट क्रियटिभु र बिष्णु पाण्डेलाई बेस्ट इन्टरटेनरु बिधामा अवार्ड प्रदान गरिएको छ ।

सौर्य भेटवालले मस्ट अडोरबलु अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई मस्ट डेडिकेटेडु, ढुकुरे डनलाई बेस्ट कमेडियनु, शिव पौडेललाई बेस्ट फिटनेस मेलु, सिता तामाङलाई बेस्ट फिटनेस फिमेलु, अपिल राईलाई बेस्ट पर्फरमरु र अन्जना अर्याललाई हाउसहोल्ड सेफु अवार्ड प्रदान गरिएको छ ।

आइतबार साँझ राजधानीमा आयोजना गरिएको कार्यक्रममा भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ग्यापु मार्केटप्लेसले सन्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरि अप्रिलिया स्कुटरको बिजेता समेत घोषणा गरिएको छ । बिजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिन पछि गरिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स