काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड–अन प्याक समेत खरिद गरी चलाउन सक्दछन् ।
‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा रु. ५९९, रु. ७९९, रु. ९९९ र रु. १४९९ का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट
(नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको रु. ३८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिन्छ ।
एड–अन प्याक खरिदको सुविधा
माथि उपलब्ध प्याकेज अनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड–अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत रु. २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड–अन प्याकको रुपमा खरिद गर्न सकिन्छ ।
प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याककै रुपमा खरिद गर्न सकिन्छ ।
यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सकिन्छ । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड–अन प्याक खरिद गर्न सकिन्छ । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याककै रुपमा खरिद गर्न सकिन्छ ।
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड–अन प्याक खरिद गर्न सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि *1415# डायल गरी दिइएको निर्देशन अनुसारको प्याक छान्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट पनि यो सुविधा लिन सकिन्छ ।