मोबाइलबाट इन्टरनेट चलाउने २७.३७ प्रतिशत विन्दुले बढे

काठमाडौं । एक वर्षमा मोबाइलबाट इन्टरनेट चलाउने २७.३७ प्रतिशत विन्दुले वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिर्पोटका अनुसार २०७८ असोजमा मोबाइल ब्रोण्डब्याण्ड प्रयोगकर्ता ८४.६३ प्रतिशत पुगेको हो । २०७७ असोजमा मोबाइल ब्रोण्डब्याण्ड प्रयोगकर्ता ५७.२६ प्रतिशत थिए ।

कोभिड–१९ को कारण घरबाटै काम र अनलाइन कक्षाका कारण इन्टरनेट प्रयोग गर्नेको संख्या वृद्धि भएको हो । साथै मोबाइल सेवा प्रदायकले ग्राहकको सूविधिका लागि सस्तो दरमा डाटा प्याकेजहरु पनि उपलब्ध गराएकाले मोबाइलबाट इन्टनरेट चलाउनेको संख्या बढेको देखिन्छ ।

प्राधिकारणको रिर्पोट अनुसार मुलुकभर ३ करोड ४३ लाख ३२ हजार ९८१ जनाले इन्टरनेट प्रयोग गर्छन् । जसमा ८४.६३ प्रतिशतअर्थात जसमा २ करोड ५५ लाख ८३ हजार ७६१ जनाले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् ।

मोबाइलबाट सबैभन्दा धेरैले नेपाल टेलिकमबाट इन्टरनेट प्रयोग गर्छन् । नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता १ करोड ७० लाख ७३ हजार ३६ जना छन् । जसमा ३ जी ग्राहक १ करोड २ लाख २ हजार ३९८, फोरजी ग्राहक ६६ लाख ३४ हजार ६५ जना र इभीडीओ ग्राहक १ लाख ३६ हजार ५७३ जना छन् ।

८३ लाख ४४ हजार १२९ जना इन्टरनेट प्रयोगकर्ता सहित एनसेल दोस्रो स्थानमा छ । एनसेलको ४ जी ग्राहक ६० लाख ५९ हजार ४८० जना र ३ जी ग्राहक २२ लाख ८४ हजार ६४९ जना छन् ।

१ लाख ६७ हजार ९६ ग्राहकसहित स्मार्ट टेलिकम तेस्रो स्थानमा छ । स्मार्टका सबै ग्राहकले ४ जी नेटवर्क प्रयोग गर्छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स