नेपाल टेलिकमद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले सभा पुस २८ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे डाकेको हो।

सभाले गत आवको मुनाफाबाट सेयरधनीलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स