अब बिग बिंगो निःशुल्क टिकट लिएर नेपालमै खेल्न सकिने, यसरी खेल्न सकिन्छ

काठमाडौं। विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल बिग बिंगो अब नेपालमा निःशुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ ।

जहाँ पहिलो लाइनको पुरस्कार स्वरुप ११ हजार, दोश्रो लाइनको पुरस्कार स्वरुप ११ हजार ,तेश्रो लाइनको पुरस्कार स्वरुप ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सक्नु हुनेछ ।

विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन ।

यो गेम खेल्नको लागि प्ले स्टोरबाट Big Bingo टाइप गरी गेम डाउनलोड गरी फ्रीमा बिंगो टिकट लिन सकिन्छ भने आइफ़ोन प्रयोगकर्ताहरूले भने www.playbigbingo.com लगिन गरी बिंगो टिकट लिन सकिन्छ ।

यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखी योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सक्नुहुनेछ ।

टिकट लिनको लागि भिडियो हेर्नू पर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स