काठमाडौं । धनतेरसको दिन आज कार्तिक १३ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर २ हजार १०५ रूपैयाँ कायम भएको छ ।