अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

काठमाडौं । अण्डाको मूल्य बढेको छ । कार्तिक ४ गतेदेखि लागु हुनेगरि अण्डाको मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो ।

अण्डाको मूल्य प्रतिक्रेट ५० देखि ६५ रुपैयाँसम्मले बढेको छ ।

जसमा एक्स एल (सबैभन्दा ठूलो) अण्डाको मूल्य ४७० रुपैयाँ पुगेको छ । यसअघि असोज ३० गते सो साइज अण्डाको मूल्य प्रतिक्रेट ४२० रुपैयाँ रहेको थियो ।

त्यस्तै, ठूलो अण्डाको मूल्य ४५५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३९० रुपैयाँ रहेको थियो ।

मिडियम साइजको अण्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स