सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । छापावाल सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । शुक्रबार सुन २ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स