काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ५९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर १९ सय रूपैयाँ कायम भएको छ ।