काठमाडौं । सुनको मूल्य निरन्तर गिरावट भैरहेको छ । सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबारको तुलनामा मंगलबार समेत मूल्य घटेको हो ।
छापावाला सुन सोरमबार १ लाख ६० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ लाख ६० हजार १ सय रुपैयाँ कायम भएको हो ।
जस अनुसार प्रतितोला ४ सयले घटेको हो ।
त्यस्तैगरि चाँदीको मूल्य समेत घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो ।